२०८२ असार २६ गते, बिहीबार १२:३२

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली गएको स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरु नफर्किएको आफूले नभनेको स्पष्ट पार्नुभएको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • गलत बुझाइ खण्डन: प्रधानमन्त्रीसँगै गएका व्यक्ति नफर्किएको नभनेको, तर समाचारमा आएको विषयमा ध्यानाकर्षण गराएको।
  • नागरिक नफर्किएको दाबी: प्रधानमन्त्रीसँग नगए पनि स्पेनको कार्यक्रममा गएका केही नागरिक नफर्किएको सत्य भएको।
  • संसद रेकर्डमाथि आपत्ति: आफ्नो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग भएकोमा असहमति जनाएको।

काठमाडौं-

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली गएको स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरु नफर्किएको आफूले नभनेको स्पष्ट पार्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद गौतमले यस्तो स्पष्टिकरण दिनुभएको हो । सभाको मंगलवारको बैठकमा सांसद गौतमले प्रधानमन्त्री केपी शर्मा ओली गएको स्पेनको कार्यक्रममा सहभागी हुने बहानामा गएर केही मानिस नफर्किएको विषयमा समाचार सार्वजनिक भएको भन्दै संसदको ध्यानाकर्षण गराउनु भएको थियो ।

उहाँले समाचारमा आएका कुराहरुबारे संसदको ध्यानाकर्षण गराउँदा आफ्नो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग भएकोप्रति पनि आपत्ति जनाउनु भयो ।

सांसद गौतमले प्रधानमन्त्री सहभागि हुन गएका केही नागरिकहरु नफर्किएको दोहो¥याउनु भयो । प्रधानमन्त्रीसँगै नगएतापनि उक्त कार्यक्रममा सहभागि हुन भनि गएका नागरिकहरु नफर्किएको सत्य कुरा भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस