२०८२ असार २६ गते, बिहीबार १२:३१
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • खडेरीले खानेपानी संकट: जलवायु परिवर्तनका कारण तराई–मधेसमा खडेरीले पर्सा, बारा र रौतहटमा चापाकल सुकेका छन्, जसले जनजीवन कठिन बनाएको छ।
  • मन्त्रीको स्थलगत निरीक्षण: खानेपानी मन्त्री प्रदीप यादवले वीरगन्जका प्रभावित वडा र टोलहरूको भ्रमण गरी खानेपानी समस्याको प्रत्यक्ष अवलोकन गरेका छन्।
  • सहकार्यको अपील: मन्त्री यादवले २३७ डिप बोरिङ भए पनि समस्या कायम रहेको बताउँदै सबै तहका सरकार र निकायहरूसँग एकताबद्ध प्रयासको आवश्यकता औंल्याए।

वीरगन्ज – जलवायु परिवर्तनका कारण तराई–मधेस क्षेत्रमा उत्पन्न खडेरीले पर्सा, बारा र रौतहट लगायतका जिल्लाहरूमा गम्भीर खानेपानी संकट निम्त्याएको छ। अधिकांश चापाकलहरू सुकेका कारण जनजीवन अत्यन्त कठिन बनेको छ। यो संकटको स्थलगत अवलोकनका लागि बुधबार खानेपानी मन्त्री प्रदीप यादवले वीरगन्जका प्रभावित क्षेत्रहरूको निरीक्षण गरेका छन्।

मन्त्री यादवले वीरगन्ज महानगरपालिकाका विभिन्न वडा, टोल र घर–घरमा पुगेर खानेपानीको समस्याबारे प्रत्यक्ष जानकारी लिए। पीडित नागरिकप्रति सहानुभूति प्रकट गर्दै उनले भने, “हामी यो संकट समाधानका लागि पूर्ण प्रतिबद्ध छौं। बारा र पर्सामा २३७ भन्दा बढी डिप बोरिङ सम्पन्न भए पनि समस्या अझै पूर्ण रूपमा समाधान भएको छैन।”

उनले खानेपानी अभाव समाधानका लागि प्रदेश र स्थानीय सरकार, साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय खानेपानी तथा सरसफाइ निकायहरूसँग सहकार्यको आवश्यकता रहेको बताए। “सबैको एकताबद्ध प्रयास र समन्वयबाट मात्र यो विपदबाट पार पाउन सकिन्छ,” उनले थपे।

मन्त्री यादवले यो संकट समाधानका लागि सबै सरोकारवालाहरूलाई सहकार्य गर्न हार्दिक अनुरोध गरेका छन्।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस