२०८२ असार २६ गते, बिहीबार १२:३२
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • खानेपानीको चरम अभाव: वीरगंजमा चापाकल सुकेपछि खानेपानीको हाहाकार छ। स्थानीय सरकारबाट तत्काल समाधान नआउँदा नागरिक पीडित छन्।
  • गुप्ताको मानवीय पहल: समाजसेवी अजय गुप्ताले सखुवा प्रसौनीबाट दमकलमार्फत पानी ल्याई वीरगंज–१० मा ट्याङ्कीबाट निःशुल्क वितरण गरिरहेका छन्।
  • समान सेवा र प्रशंसा: पक्षपातको गुनासोबीच गुप्ताले सबैलाई समान पानी वितरण गरेर स्थानीयवासीबाट “मानवताको प्रतीक” को रूपमा प्रशंसा पाएका छन्।

वीरगन्ज –

पर्सा जिल्लाको प्रमुख सहर वीरगन्जमा खानेपानीको अभाव चरम सीमामा पुगेको छ। चापाकलहरू सुकेपछि सर्वसाधारणलाई दैनिक उपभोग्य पानी जुटाउन घण्टौं धाउनुपर्ने बाध्यता छ। स्थानीय सरकार र सम्बन्धित निकायबाट तत्काल समाधान नआइरहेको अवस्थामा आमनागरिक पीडित छन्।

यस्तो संकटमा वीरगन्ज महानगरपालिका–१० का वडा अध्यक्ष पदका उम्मेदवार एवं समाजसेवी अजय कुमार गुप्ताले मानवीय पहल थालेका छन्। उनले निजी प्रयासमा सखुवा प्रसौनी गाउँपालिकाबाट दमकलमार्फत पानी ल्याई वडाभित्र ट्याङ्कीमा भरेर घर–घरमा निःशुल्क वितरण गरिरहेका छन्। गुप्ता स्वयं बासिन्दाको घर–घरमा पुगेर पानी बाँडिरहेका छन्, जसले उनको सेवा भाव र जनप्रतिबद्धता झल्काउँछ।

“यो प्रचारको प्रयास होइन, संकटमा परेका नागरिकप्रतिको उत्तरदायित्व हो,” गुप्ताले भने। उनले पानीको समस्या समाधान नभएसम्म यो सेवा जारी राख्ने प्रतिबद्धता जनाएका छन्। सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले दमकल उपलब्ध गराएर यो कार्यमा सहयोग पुर्याएका छन्।

वीरगन्जका विभिन्न वडामा पानी वितरणमा पक्षपातको गुनासो उठिरहेका बेला गुप्ताले सबैलाई समान रूपमा सेवा प्रदान गरेर अनुकरणीय उदाहरण प्रस्तुत गरेका छन्। स्थानीयवासीले उनको कार्यलाई “मानवता र समर्पणको प्रतीक” भन्दै प्रशंसा गरेका छन्। एक स्थानीयले भने, “जब सबै चुप छन्, गुप्ताज्यूको यो कदमले साँच्चै राहत दिएको छ।”

पर्सा जिल्लाको यो पानी संकटले राज्यको आधारभूत सेवा प्रवाहमाथि प्रश्न उठाइरहेको छ। यस्तो बेला अजय गुप्ताको पहलले संकटको सामना गर्न सकिने उदाहरण स्थापित गरेको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस