२०८२ असार २९ गते, आईतवार १७:११

वाशिंगटनले प्यालेस्टिनीहरू विरुद्ध इजरायली मानव अधिकार उल्लङ्घनको अनुसन्धानमा अल्बानीज विरुद्ध प्रतिवन्धहरूको घोषणा गरेको थियो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  संयुक्त राष्ट्रका प्रवक्ता स्टेफेन डुजारिकले फ्रान्सेस्का अल्बानीजमाथि अमेरिकी प्रतिवन्धलाई अस्वीकार्य र खतरनाक उदाहरण भनेका छन्।
  • वाशिंगटनले प्यालेस्टिनी भूभागमा इजरायली मानव अधिकार उल्लङ्घन अनुसन्धानका लागि अल्बानीजमाथि प्रतिवन्ध लगाएको हो।
  • यो प्रतिवन्ध डोनाल्ड ट्रम्पको फेब्रुअरी २०२५ को कार्यकारी आदेशमा आधारित छ, जसले आईसीसीको अमेरिका र इजरायलविरुद्धका कथित अवैध कार्यहरूलाई दण्डित गर्छ।

काठमाडौँ-

संयुक्त राष्ट्र मानव अधिकार विज्ञमाथि अमेरिकी प्रतिवन्ध अस्वीकार्य रहेको संयुक्त राष्ट्र प्रवक्ताले बताउनुभएको छ । संयुक्त राष्ट्र मानव अधिकार विशेष प्रतिवेदकहरूमाथि प्रतिवन्ध लगाउनु एक खतरनाक उदाहरण भएको उहाँको भनाइ छ ।

संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफेन डुजारिकले कब्जा गरिएको प्यालेस्टिनी भूभागमा मानव अधिकारको अवस्थाबारे संयुक्त राष्ट्र संघका विशेष प्रतिवेदक फ्रान्सेस्का अल्बानीजमाथि अमेरिकी प्रतिवन्धको प्रतिक्रियाका रुपमा यस्तो बताउनुभएको हो ।

वाशिंगटनले प्यालेस्टिनीहरू विरुद्ध इजरायली मानव अधिकार उल्लङ्घनको अनुसन्धानमा अल्बानीज विरुद्ध प्रतिवन्धहरूको घोषणा गरेको थियो । यी प्रतिवन्धहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरीमा हस्ताक्षर गरेको कार्यकारी आदेशपछि आएका हुन् ।

आदेशमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले संयुक्त राज्य अमेरिका र इजरायललाई लक्षित गरी गरिएका अवैध र आधारहीन कार्यहरूको रूपमा वर्णन गरेकोमा दण्डात्मक कारबाहीलाई अधिकार दिएको थियो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस