२०८२ असार २९ गते, आईतवार १६:३१

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार स्थिर कर नीतिको पक्षमा रहेको बताउनुभएको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार स्थिर कर नीतिको पक्षमा रहेको र करका दरहरूमा सापेक्षित स्थिरता कायम गर्ने बताए।
  • कर नीतिमा बारम्बार परिवर्तन हुने शंकालाई हटाउँदै करको दायरा बढाउनुपर्ने र विश्वासका साथ लगानी गर्न उपभोक्ता र व्यवसायीलाई आग्रह गरे।
  • जलविद्युत उत्पादन प्रवद्र्धन र निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि लचिलो र अनुकूल नीतिहरू ल्याइएको उनको भनाइ छ।

काठमाडौँ-

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार स्थिर कर नीतिको पक्षमा रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले उपभोक्ता र व्यवसायीहरु सरकारले करका नीतिमा अप एण्ड डाउन गरिरहेको र जसले विश्वसनीयतामा समस्या भएको भन्ने गुनासो गर्ने गरेको भन्दै अब विश्वासका साथ रहन आग्रह गर्नुभयो ।

उहाँले करका नीतिहरु अप एण्ड डाउन भइरहन्छन् की भन्ने शंका नगर्न पनि आग्रह गर्नुभयो । करको दायरा भने बढाउन जरुरी रहेको बताउनु भयो । सरकार मुलतः एउटा कर नीति र करका दरहरुमा सापेक्षित स्थिरताको पक्षमा रहेको बताउनु भयो । त्यसै हिसावले आगामी आर्थिक वर्षको बजेट ल्याएको उहाँको दाबी छ ।

उपप्रधानमन्त्री पौडेलेल जलविद्युतको उत्पादन प्रवद्र्धन गर्ने, लचिलो नीति ल्याउने काम आफूहरुले विगतमा गरेको बताउनु भयो । जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी अभिवृद्धि गर्न अनुकुल नीतिहरु नै ल्याउने बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस