राष्ट्रिय सभाको शुक्रवारको बैठकमा ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्नेसम्बन्धी जरुरी महत्वको प्रश्ताव माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|

काठमाडौँ-
महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ज्येष्ठ नागरिकको जीवन सुरक्षित, सम्मानजनक र गुणस्तरीय बनाउनका लागि हालको सामाजिक सुरक्षा प्रणालीमा आमुल सुधार आवश्यक रहेको बताउनुभएको छ ।
राष्ट्रिय सभाको शुक्रवारको बैठकमा ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्नेसम्बन्धी जरुरी महत्वको प्रश्ताव माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सामाजिक सुरक्षा भत्ताको नाममा राज्यको खर्बौं रुपैयाँ खर्च भइरहेपनि सामाजिक सुरक्षा भत्ता वितरणको प्रणाली नै गलत रहेको बताउनु भयो । उहाँले खर्बपति व्यापारी विनोद चौधरीका आमाबुबालाई पनि सामाजिक सुरक्षा भत्ता दिनुपर्ने व्यवस्थाले सामाजिक सुरक्षाको समस्या समाधान हुन नसक्ने बताउनु भयो ।
मन्त्री सुडीले ज्येष्ठ नागरिकका समस्या स्वास्थ्य, कानून र अर्थ मन्त्रालयसँग समेत प्रत्यक्ष सम्बन्धित रहेको भन्दै मन्त्रालयहरूबीच समन्वय गरेर ऐन निर्माण गर्ने समेत बताउनु भयो ।