राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले राजनीति आफ्नो प्राणमै रहेको बताउनुभएको छ ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|

काठमाडौँ-
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले राजनीति आफ्नो प्राणमै रहेको बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आफ्नो ८४ औं जन्मदिनको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो वंश परम्परा पनि राजनीति नै रहेको बताउनु भयो ।
आफू दरबारिया सुख सयलमा हुर्किएको र त्यसबेलाको राजनीति गर्न अत्यन्त कठिन रहेको स्मरण गर्नुभयो । आफूले मुलुकको सम्पूर्ण क्षेत्र डुल्ने मौका पाएको र नेपाली जनताको सुखदुःख बुझ्ने कोशिस गरेको बताउनु भयो । आफ्नो जीवनको सबैभन्दा बढी उर्जाशिल समय राजनीति नै रहेको बताउनु भयो ।
सांसद जबराले आफूले विभिन्न कालखण्डमा मुलुकको विभिन्न मन्त्रायलको नेतृत्व लिएर जनताको सेवा गर्न मौका पाएको बताउनु भयो । आफू शिक्षामन्त्री हुँदा ९वि।सं।२०३५ सालमा ० काठमाडौं उपत्यकाको प्राचिन मन्दिर एवं पुरातात्विक ठाउँहरुको संरक्षणका लागि युनेस्केको विश्व सम्पदाको सूचिमा सूचिकृत गराउन मुल भुमिका निर्वाह गर्ने मौका पाएको बताउनु भयो ।