युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युरोपेली संघ (इयु) को निर्यातमा ३० प्रतिशत कर लगाउने वाशिंगटनको निर्णयको आलोचना गर्नुभएको छ ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|

काठमाडौं-
युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युरोपेली संघ (इयु) को निर्यातमा ३० प्रतिशत कर लगाउने वाशिंगटनको निर्णयको आलोचना गर्नुभएको छ ।
उहाँले आवश्यक परे इयुले अमेरिकामाथि कर लगाउने चेतावनी समेत दिनुभयो । इयु निर्यातमा ३० प्रतिशत कर लगाउनाले अत्यावश्यक ट्रान्सएट्लान्टिक आपूर्ति श्रृङ्खलाहरूलाई बाधा पु¥याउने बताउनु भयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले इयु निर्यातमा ३० प्रतिशत कर लगाउने बताएको अघिल्लो घोषणापछि उहाँको यो अभिव्यक्ति आएको हो ।