२०८२ असार ३० गते, सोमबार ११:११

इजरायली अधिकारीहरूले यी शिविरहरूमा सक्रिय सशस्त्र प्यालेस्टिनी समूहहरूलाई भत्काउने उद्देश्यले कारबाही गरिएको जनाएको हो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • शरणार्थी विस्थापन: जनवरीदेखि इजरायली सेनाले तुल्करम, नुर शम्स र जेनिन शिविरहरूमा आक्रमण गर्दा करिब ४०,००० शरणार्थी विस्थापित भएका छन्।
  • घरहरू ध्वस्त: मे महिनामा तुल्करममा १०० भन्दा बढी र जेनिनमा ६०० घरहरू इजरायली सेनाले भत्काएको छ, जसले सुरक्षा कारणले आवश्यक भएको दाबी गरेको छ।
  • स्थानीय प्रभाव: जेनिनमा आठ सडक निर्माणले २२,००० बासिन्दा विस्थापित भएका छन्, र बासिन्दाहरूलाई स्थायी विस्थापनको डर छ।

काठमाडौं-

जनवरीमा इजरायली सेनाले तुल्करम, नुर शम्स र जेनिन लगायतका शिविरहरूमा आक्रमण जारी गरेदेखि उत्तरी पश्चिम किनारका शरणार्थी शिविरहरूबाट लगभग ४० हजार शरणार्थीहरूलाई बाहिर निकालिएको छ ।

इजरायली अधिकारीहरूले यी शिविरहरूमा सक्रिय सशस्त्र प्यालेस्टिनी समूहहरूलाई भत्काउने उद्देश्यले कारबाही गरिएको जनाएको हो । मे महिनामा इजरायली सेनाले तुल्करम शिविरमा १०० भन्दा बढी घरहरू भत्कायो । सेनाले सुरक्षा कारणहरूले गर्दा भत्काउन आवश्यक भएको बताएको थियो । तर बासिन्दाहरू स्थायी विस्थापन हुने डर छ ।

जेनिन नगरपालिकाका प्रवक्ता बशीर माताहिनले लगभग ६०० घरहरू ध्वस्त भएका छन् । शिविर भित्र र वरपर आठ सडकहरू निर्माण गरिएका छन् । फलस्वरूप लगभग २२ हजार बासिन्दाहरू विस्थापित भएका छन् ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस