२०८२ असार २९ गते, आईतवार २१:२३

भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको शोभायात्रामा साहित्य सर्जकहरुको उपस्थिति रहेको थियो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • समारोह: काठमाडौंमा कवि गोष्ठी र शोभायात्रासहित भानु जयन्ती मनाइयो।
  • योगदान: रामायणको नेपाली अनुवादले जनचेतना र एकता अभिवृद्धि।
  • जन्म: वि.सं. १८७१ असार २९, तनहुँ; हरेक वर्ष स्मरण।

काठमाडौं-

आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती मनाइएको छ ।

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आदिकवि आचार्यको स्मरणमा उहाँको २१२ औं जन्मजयन्तीको अवसर पारेर कवि गोष्ठी शोभायात्रा समेत गरिएको हो । भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको शोभायात्रामा साहित्य सर्जकहरुको उपस्थिति रहेको थियो ।

भानुभक्त आचार्यले सरल, शिष्ट र रोचक ढङ्गले नेपाली भाषामा अनुवाद गरेको संस्कृत भाषाको वाल्मीकि रामायण नेपाली साहित्यसँग सरोकार राख्ने सबैको जनजिब्रोमा बसेको हुँदा हिमाल, पहाड र तराईका सबै नेपालीबीच जनचेतनाको विकास तथा भावनात्मक एकता अभिवृद्धि गर्न महत्वपूर्ण भुमिका खेलेको छ ।

पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रूपमा तनहुँको चुँदी रम्घामा वि.सं. १८७१ असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष असार २९ गतेका दिन सम्पूर्ण नेपाली भाषा, साहित्य र संस्कृतिप्रेमीहरूद्वारा विविध कार्यक्रमहरू आयोजना गरी भानु जयन्ती मनाउने गरिन्छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस