२०८२ असार २९ गते, आईतवार १९:३४

पहिलोपटक एक चलचित्र भोजपुरी, हिन्दी र नेपाली — तीनै भाषामा एकैपटक निर्माण भइरहेको छ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • त्रिभाषी फिल्म: भोजपुरी, हिन्दी, नेपालीमा पहिलो चलचित्र, विशाल यादव र अमन सिंहको निर्माण।
  • प्राविधिक पक्ष: तमिल उद्योगका सम्पादक र छायाकारद्वारा व्यावसायिक र आकर्षक निर्माण।
  • छायांकन: भारतका रमणीय स्थानमा छायांकन, भोजपुरी-नेपाली उद्योगको लागि ऐतिहासिक।

वीरगन्ज-

नेपाली र भोजपुरी चलचित्र उद्योगले एक अभूतपूर्व कदम चाल्दैछ। पहिलोपटक एउटा चलचित्र, ‘असुर’, नेपाली, भोजपुरी र हिन्दी गरी तीन भाषामा एकसाथ निर्माण हुँदैछ। यो चलचित्र क्लाइम्याक्स स्टुडियोको ब्यानरमा निर्माता विशाल यादव र अमन सिंहले बनाउँदै छन्, जसमा विशाल दिपक मुख्य भूमिकामा देखिनेछन्।

यो चलचित्रमा भारतीय कलाकारहरूको पनि सहभागिता रहने दाबी गरिएको छ। विशाल दिपकका अनुसार, दक्षिण भारतीय (तमिल) चलचित्र उद्योगका अनुभवी सम्पादक र छायाकारले प्राविधिक पक्ष सम्हाल्नेछन्, जसले फिल्मलाई व्यावसायिक र दृश्यात्मक रूपमा आकर्षक बनाउनेछ। करिब १ करोड नेपाली रुपैयाँ बजेट रहेको यो चलचित्र सन् २०२६ मा प्रदर्शन हुने तयारीमा छ।

‘असुर’ प्रेम, एक्सन र थ्रिलरको संयोजनमा आधारित रहनेछ र भारतका रमणीय स्थानहरूमा छायांकन गरिनेछ। यो फिल्मले नेपालको भोजपुरी समुदाय र चलचित्र उद्योगलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखेको छ। यो कदम नेपाली र भोजपुरी सिनेमाको इतिहासमा कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ।

यो ऐतिहासिक परियोजनाले दर्शकलाई नयाँ स्वाद र मनोरञ्जन प्रदान गर्ने विश्वास निर्माण टोलीले व्यक्त गरेको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस