२०८२ असार २९ गते, आईतवार २१:५३

प्रमुख सचेतक शाहीले प्रधानमन्त्री सहभागि स्पेनको कार्यक्रममा सहभागि हुन गएका नेपालीहरु नफर्किएको पुष्टि भइसकेको भन्दै आवश्यक छानविन गरी दोषिलाई कारबाही गर्न माग गर्नुभयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले स्पेन र भिजिट भिसा प्रकरण छानविनका लागि संसदीय समिति गठनको माग गरे।
  • प्रधानमन्त्री सहभागी स्पेन कार्यक्रममा गएका नेपालीहरू नफर्किएको पुष्टि भएको भन्दै दोषीलाई कारबाही गर्नुपर्ने उनको माग।
  • भिजिट भिसा दुरुपयोगको छानविन समिति नबनेसम्म आन्दोलन जारी रहने सांसद शाहीको भनाइ।

काठमाडौं-

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले स्पेन प्रकरणसहित भिजिट भिसा प्रकरणको छानविन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद शाहीले यस्तो माग राख्नुभएको हो । प्रमुख सचेतक शाहीले प्रधानमन्त्री सहभागि स्पेनको कार्यक्रममा सहभागि हुन गएका नेपालीहरु नफर्किएको पुष्टि भइसकेको भन्दै आवश्यक छानविन गरी दोषिलाई कारबाही गर्न माग गर्नुभयो ।

उहाँले संसदीय छानबिन समिति बनाउनको लागि सरकार किन डराएको छ रु भन्दै प्रश्न पनि गर्नुभयो ।

उहाँले भिजिट भिसा दुरुपयोग सम्बन्धी अनुसन्धानका लागि छानविन समिति नबनेसम्म आफूहरुको आन्दोलन जारी रहने समेत बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस