काठमाडौं-

सरकारले साइबर अपराध नियन्त्रण तथा सूचना प्रविधिको दिगो व्यवस्थापनका लागि कानून निर्माण प्रक्रिया शुरु गरेको छ ।
प्रतिनिधि सभाको आईतवारको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङकोतर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ संसदमा प्रश्तुत गर्नुभएको हो ।
विधेयकले डिजिटल हस्ताक्षर, डेटा सुरक्षादेखि लिएर डोमेन व्यवस्थापन, साइबर हमलाबाट सुरक्षा र सेवा प्रदायकको नियमनसम्मका कानूनी प्रावधान समेटेको बताइएको छ ।