२०८२ असार २९ गते, आईतवार १९:११

काठमान्डौँ-

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमण सफल भएको सहन नसकेर प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले वाइसिएल लगाएर भ्रम फैलाउने काम गरेको बताउनुभएको छ ।

झापाको बिर्तामोडमा आईतवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले आफू नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर संयुक्त राष्ट्रसंघको कार्यक्रममा भाग लिन स्पेन गएको बताउनु भयो । स्पेन भ्रमण सफल भएसँगै त्यसबाट छट्पटाएर माओवादी केन्द्रले योजनावद्ध ढंगले वाइसिएल लगाएर केपी ओलीले स्पेनमा गएर मान्छे छोड्यो भन्ने दुष्प्रचार फिँजाउने काम गरेको बताउनु भयो । अहिलेको देशको प्रधानमन्त्री (केपी शर्मा ओली) ले एक पैसा भ्रष्टाचार नगर्ने,कुनै प्रकारको अनैतिकता नगर्ने र गैरकानूनी काम नगर्ने बताउनु भयो । भ्रष्टाचार र गैरकानूनी काम गर्न आफू राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादी नभएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले योजनावद्ध रुपमा झुटो कुराहरु सञ्चारमाध्ययमा छपाउने काम समेत राजनीतिक दलहरुले गरेको बताउनु भयो । वकवास गरेर राजनीति गर्ने घटिया प्रवृत्ति विरुद्ध पनि एमाले लड्नुपरेको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस