२०८२ असार ३० गते, सोमबार १५:२८

मृत्यु हुनेमा ड्रुज समुदायका १४ सदस्य र चार बेदुइन जनजातिहरू समावेश छन् ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • सिरियाको स्वेइडा प्रान्तमा ड्रुज र बेदुइन समुदायबीच झडप, १८ जनाको मृत्यु, ५० घाइते।
  •  मृतकमा १४ ड्रुज र ४ बेदुइन, घाइतेमा बालबालिका र गम्भीर अवस्थाका व्यक्ति।
  • हिंसा तीव्र, स्थानीय नेताहरूले मध्यस्थता र बन्दी रिहाइको लागि वार्ता प्रयास गर्दै।

काठमाडौँ-

स्थानीय सञ्चारमाध्यम र सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सकाअनुसार आईतबार सिरियाको दक्षिणी प्रान्त स्वेइडामा स्थानीय ड्रुज समुदाय र बेदुइन जनजातिबीच भएको भीषण झडपमा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

करिव ५० जना घाइते भएका छन् । मृत्यु हुनेमा ड्रुज समुदायका १४ सदस्य र चार बेदुइन जनजातिहरू समावेश छन् । घाइतेहरूमा धेरै बालबालिका र गम्भीर अवस्थामा रहेका व्यक्तिहरू छन् ।

स्वेइडाका धेरै क्षेत्रहरूमा हिंसा तिब्र भएको छ । अहिलेसम्म कुनै आधिकारिक हस्तक्षेपको घोषणा नभएकोले स्थानीय समुदायका नेताहरूले दुवै पक्षका बन्दीहरूको रिहाइको लागि मध्यस्थता र वार्ता गर्ने प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस