अंकारा प्रान्तको किजिलकाहमाम जिल्लामा आफ्नो सत्तारुढ न्याय र विकास पार्टीका सदस्यहरूलाई सम्बोधन गर्दै एर्दोगानले उक्त टिप्पणी गर्नुभयो ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|

काठमाडौँ-
कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) ले निःशस्त्रीकरण प्रक्रिया शुरु गरेसँगै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्कीको लागि इतिहासमा नयाँ पृष्ठका रुपमा घोषणा गर्नुभएको छ । ४७ वर्ष लामो आतंकवादको प्रकोप अन्त्यको चरणमा प्रवेश गरेको उहाँको भनाइ छ ।
अंकारा प्रान्तको किजिलकाहमाम जिल्लामा आफ्नो सत्तारुढ न्याय र विकास पार्टीका सदस्यहरूलाई सम्बोधन गर्दै एर्दोगानले उक्त टिप्पणी गर्नुभयो । गत शुक्रवार इराकको उत्तरी सुलेमानियाह प्रान्तमा एक प्रतिकात्मक समारोहमा पिकेके लडाकूहरूको समूहले आफ्ना हतियारहरू जलाएका थिए ।
टर्की, संयुक्त राज्य अमेरिका र युरोपेली संघद्वारा आतंकवादी संगठनको रूपमा सूचीवद्ध पिकेकेले चार दशकभन्दा बढी समयदेखि टर्की सरकार विरुद्ध विद्रोह गर्दै आएको छ ।