२०८२ श्रावण १ गते, बिहीबार २०:५५

काठमाडौँ-

‘आइएमई खल्ती लिमिटेड’ को एकीकृत कारोबार शुरु भएको छ ।

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आजबाट औपचारिक रुपमा एकीकृत कारोबार शुरु गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले एकीकृत कारोबार गर्नका लागि लाइसेन्स खल्ती आईएमी समूहलाई हस्तान्तरण गरेका छन् । एकीकृत कारोबारको शुरुवात कार्यक्रममा ‘आईएमई खल्ती लिमिटेड’का निर्देशक प्रविन रेग्मीले यो मर्जर सेवामा नयाँ अवसर खोजिका लागि भएको बताउनु भयो ।

उहाँले आजको दिन डिजिटल भुक्तानी क्षेत्रको मात्रै नभएर फिनटेक र बैंक तथा वित्तीय संस्थाका लागि पनि एक महत्वपूर्ण कदम भएको बताउनु भयो । फिनटेकका दुई ठूला संस्थालाई मर्जमा भएर जानू आफैंमा चुनौतीपूर्ण भएको बताउँदै  मर्जरमा जान कुनै संकट आफूहरुलाई नचाहिएको स्पष्ट पार्नुभयो ।

दुई संस्था मर्ज भएसँगै बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ भने बिहीवारबाट दुई कम्पनी एक आपसमा मर्ज भएर ‘आईएमई खल्ती लिमिटेड’ बनेसँगै दुईको प्रयोगकर्ता संख्या १ करोड २७ लाख पुगेको छ ।
यसअघि खल्तीमा ७० लाख र आईएमईपे ५७ लाख प्रयोगकर्ता थिए । सेवाग्राही र पुँजीले ‘खल्ती बाइ आइएमई’ लाई देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनाएको छ । यस मर्जरले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने विश्वास कम्पनीले गरेको छ ।

प्रतिक्रिया

कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान

काठमान्डौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले कैद सजाय भुक्तानी

कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान

काठमान्डौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले कैद सजाय भुक्तानी

पोडकास्ट सुन्नुहोस