२०८२ श्रावण १ गते, बिहीबार २२:०५

काठमाडौँ-

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले विद्युत आयोजनाहरुको निर्माणका लागि आयातित उपकरण फिर्ता लैजाँदा उर्जा क्षेत्रले समस्या भोग्नुपरेको गुनासो गर्नुभएको छ ।

बिहीवार विद्युत विकास विभागको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो गुनासो गर्नुभएको हो । स्वदेशी लगानीमै ठूला जलविद्युत आयोजनाहरू निर्माण भइरहेका बेला आवश्यक उपकरण विदेशबाट ल्याउनुपर्ने र आयोजना सम्पन्न भइसकेपछि फिर्ता गर्नुपर्ने बाध्यता रहेको बताउनु भयो ।

उहाँले विद्युत आयोजना निर्माणका लागि आवश्यक पर्ने उपकरण र प्रविधिको सहज उपलब्धता गरिदिन सरकारसँग आग्रह पनि गर्नुभयो ।

उहाँले सन् २०३५ भित्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्यअनुसार काम गर्न निजी क्षेत्र उत्साहित रहेको पनि बताउनु भयो ।

प्रतिक्रिया

कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान

काठमान्डौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले कैद सजाय भुक्तानी

कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान

काठमान्डौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले कैद सजाय भुक्तानी

पोडकास्ट सुन्नुहोस