काठमाडौँ-

नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले वातावरणमैत्री विकास आवश्यक रहेको बताउनुभएको छ ।
सिंहदरबारमा शुक्रवार बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनको प्रभावका कारण नेपालले धेरै समस्या व्यहोरिरहेको भन्दै त्यसमा विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।
उहाँले नेपालले जलवायु परिवर्तनका निम्ति असर पर्ने काम कम गरेपनि त्यसको प्रत्यक्ष प्रभाव बढी व्यहोरिरहेको बताउनु भयो । सडकमा उत्पन्न समस्याको समाधान कसरी गर्ने ? भन्नेमा अहिले केन्द्रित हुन जरुरी रहेको बताउनु भयो ।
सांसद बस्नेतले सरकारले कति गर्नसक्छ त्यति मात्रै गर्नुपर्ने बताउनु भयो । लागू नहुने कुरा गरेर त्यसमै रमाएर बस्ने कुरा राम्रो नभएको बताउनु भयो ।