काठमाडौँ-

दक्षिण कोरियामा मुसलधारे वर्षाले दुई जनाको मृत्यु भएको छ । १ हजार बढीलाई सुरक्षित स्थानमा सारिएको छ । आगामी दिनहरूमा थप वर्षा हुने अनुमान गरिएको आन्तरिक मन्त्रालयले जनाएको छ ।
बुधवार दिउँसो ग्योन्गी प्रान्तमा चलिरहेको सवारी साधनमा पर्खाल भत्किँदा ४० वर्षीय एक चालकको मृत्यु भएको थियो । बिहीवार बिहान दक्षिण चुङचियोङ प्रान्तमा बाढीले भरिएको सवारी साधन भित्रबाट ६० वर्षीय एक व्यक्तिको मृत्यु भयो ।
मुसलधारे वर्षाबाढ पीडित १ हजार ७० जनालाई सुरक्षित स्थानमा सारिएको छ । बिहीवार बिहानसम्म १ हजार ४१ जना अस्थायी आश्रयस्थलमा रहेका छन् । मौसम एजेन्सीले शनिवारसम्म देशमा थप वर्षा हुने अनुमान गरेको छ ।