काठमाडौँ-

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो सामथ्र्यअनुसार विकासका कामहरु गरिरहेको बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा नेपाल चीन संस्कृति शिखर सम्मेलन, २०२५ को शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो सामथ्र्यअनुसार नेपालले विकासका कामहरु अघि बढाइरहेको उल्लेख गर्नुभयो ।
उहाँले मित्रताका लागि गच्छ नचाहिने भन्दै आफ्नो सामथ्र्यअनुसार पारस्परिक सम्बन्ध अघि बढाइरहेको बताउनु भयो । नेपाल र चीन बीचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्दै जाने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले नेपाल—चीनबीचको मैत्री सम्बन्धलाई अगाडि बढाउने सन्दर्भमा कुनैपनि काम गर्न कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।