२०८२ मंसिर ४ गते, बिहीबार २०:००

सिरियाद्वारा राष्ट्रव्यापी युद्धविरामको घोषणा

काठमाडौँ-

सिरियाली अधिकारीहरूले देशभर युद्धविरामको घोषणा गरेका छन् । दक्षिणी सिरियामा भएको घातक साम्प्रदायिक झडपले ग्रस्त देश हालै इजरायली हस्तक्षेपले पनि संकटमा रहेको छ ।

युद्धविरामको उद्देश्य राष्ट्रिय एकता जोगाउनु र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्नु रहेको बताइएको छ । यस कदमलाई राष्ट्रिय र मानवीय दायित्वको रूपमा वर्णन गरिएको छ । अधिकारीहरूले सबै पक्षहरूलाई शत्रुता बन्द गर्न र मानवीय सहायताको सुरक्षित वितरण सुनिश्चित गर्न आह्वान गरेका छन् ।

यो सम्झौतालाई टर्की, जोर्डन र सिरियाका अन्य छिमेकीहरूसहित क्षेत्रीय देशहरुले पनि समर्थन गरेका छन् । स्वेइदा प्रान्तमा ६ दिनसम्म चलेको साम्प्रदायिक झडपपछि युद्धविराम सम्झौता भएको थियो । जसमा सयौंको मृत्यु भएको छ ।

पोडकास्ट सुन्नुहोस