२०८२ श्रावण ४ गते, आईतवार १६:०५

काठमाडौँ-

दक्षिण कोरियामा मुसलधारे वर्षाका कारण बाढी र पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ । अन्य पाँच जना बेपत्ता भएका छन् । ७ हजार भन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको गृह मन्त्रालयले जनाएको छ ।

दक्षिण ग्योङसाङ प्रान्तको सान्चेओङ काउन्टीमा थप हताहत भएको रिपोर्ट गरिएको छ । जहाँ पहिरोले घरहरू पुरिएपछि एक जनाको मृत्यु भएको र तीन जना बेपत्ता भएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस