२०८२ आश्विन २ गते, बिहीबार १७:४०

द्वन्द्व व्यवस्थापन र शान्ती प्रक्रिया टुंग्याउन राजनीतिक दलहरुले खेलेको भुमिका असाधारणः प्रमुख सचेतक बर्तौला

काठमाडौं-

नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपालको द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय भएको बताउनुभएको छ ।

आईतवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सशस्त्र द्वन्द्व अन्त्यपछि शान्ति प्रक्रियालाई अघि बढाउन राजनीतिक दलहरूको साझा पहल र सहमतिले महत्वपूर्ण भुमिका खेलेको उहाँको भनाइ छ ।

उहाँले टिरआसी विधेयक पास भइसकेको उल्लेख गर्दै त्यसले पीडितलाई न्याय र पीडकलाई कारबाही गर्ने कुराको सुनिश्चितता गरेको पनि बताउनु भयो ।

नेपालले शान्ति प्रक्रिया सफलतापूर्वक अघि बढाएको अनुभवलाई अन्तरराष्ट्रिय समुदायमा प्रश्तुत गर्नुपर्ने उहाँको मत छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस