२०८२ श्रावण ५ गते, सोमबार २१:४७
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • फरार अपराधी नियन्त्रणमा: प्रहरी उपरिक्षक गौतम मिश्रको नेतृत्वमा पर्सा प्रहरीले विशेष अभियान चलाउँदै वर्षौँदेखि फरार रहेका १,५११ अपराधीलाई पक्राउ गरी अदालतमा प्रस्तुत गरेको छ।
  • सीमा क्षेत्रमा कडा निगरानी: भारत-नेपाल सीमामा लुकी बसेका अपराधीलाई निगरानी गर्दै नेपाल प्रवेशको क्रममा पक्राउ गरिएको छ, जसमा लागुऔषध र कर्तव्य ज्यान मुद्दाका दोषीसमेत छन्।
  • कठोर कानुनी कार्यान्वयन: मिश्रको मिलनसार व्यवहारको बावजुद कानुन कार्यान्वयनमा कठोर भूमिका रहेको बताउँदै एक नेताले अपराधीलाई कानुनी दायरामा ल्याउने मिश्रको अडानको प्रशंसा गरेका छन्।
वीरगन्ज-
प्रभाव र दवावको भरमा वर्षैदेखि लुकी बसेका फरार अपराधीलाई  खोजा तलास तथा पक्राउ गर्न पर्सा प्रहरीले विषेश अभियान चलाएको छ ।  जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको रुपमा प्रहरी उपरिक्षक गौतम मिश्राले कार्यभार सम्भालेपछि अदालतले दोषि ठहर गरेका फरार अपराधीहरुलाई नियन्त्रमा लिन विषेश अभियान सुरु गरिएकोे ।
प्रहरी उपरिक्षक मिश्रको नेतृत्वमा विषेश अभियान सुरु भएपछि राजनीतिक संरक्षण तथा अर्थिक प्रलोभनका बलमा  वर्षोदेखि लुकी बसेका  १ हजार ५ सय ११ जना फरार अपराधीलाई  कानुनको दायरामा ल्याइएको छ । सिमावर्ती भारती क्षेत्रमा लुकी बस्ने र अवस्यक परे लुकिछिपी नेपाल प्रवेश गर्ने अपराधीहरुमाथि विषेश निगरानी गरिएको र उनी नेपाल प्रवेश गर्दै गरेको  वा  घर आइबसेको अवस्थामा पक्राउ गरी अदलातमा उपस्थित गराईएको  प्रहरीले जनाएको छ ।
जिल्लामा कुल ४ हजारको हाराहारीमा फरार अपराधीहरु रहेको मध्य उपरिक्षक मिश्राले गत आर्थिक वर्ष मित्रमा सोमध्य ४० प्रतिशत बढीलाई पक्राउ गर्न सफल भएका छन् ।  कर्तब्य ज्यान तथा लागु औषध मुद्दामा दोषि ठहर भएपनि वर्षौंदेखि फरार रहदै आएका दर्जौनव अपराधीलाई सिमाक्षेत्रबाट आवत जावतका क्रममा पक्राउ गरिएको उपरिक्षक मिश्राले जानकारी दिनुभयो। उहाँले लागु औषध मुद्दामा अदालतले दोषि ठहर गर्दै कैद समय र जरिवान समेत कायम गरेका भारतीय अपराधीहरुलाई समेत पक्राउ गर्न सफल भएको बताउनुभयो।
सिमावर्ती भारतीय सहरमा बसने र नेपालमा लागुऔषध पैठारी गरेको अभियोगमा दोषि ठहर भएका फरार अपराधीलाई विषेश निगरानी गरि पक्राउ गरिएको उपरिक्षक मिश्राको भनाइ रहेको छ । पक्राउ परेकाबाट ७३ वर्ष २ महिना कैद सजार र ३५ करोड ५१ लाख भन्दा बढी रुपैया जरिवाना असुल उपर गरेको उहाँले बताउनुभयो ।
सबैसंग मित्रवत व्यवस्था गर्ने र सधै हासि राख्ने उपरिक्षक गौतम मिश्रा कानुन कार्यन्वयनको मामिलामा अत्यन्त कठोर देखिएको एक राजनीतिक दलका नेताले गोप्य खबरलाई नाम उलेख नगर्ने शर्तमा बताएका छन्  । उपरिक्षक मिश्रालाई भेटगर्दा उनको व्यवहार अत्यन्त मिलनसार भएनि ऐन विपरितका विषयमा भने अत्यन्त कठोर रहेको आफनै  बुझाइ भएकोे उनको भनाइ रहेको छ ।
तपाइको सबै कुरा मान्छु , तर अपराधीलाई कानुनको दायरमा ल्याउनै पर्छ ,भने मान्यतालाई उपरिक्षक मिश्राले आत्मसाथ गरी पर्सा प्रहरी प्रमुखको भुमिका निर्वाह गर्दै आएको नेताजीको भनाइ रहेको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस