♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
वीरगन्ज-
नेपाल खानेपानी संस्थान र वीरगन्ज महानगरपालिका वीचको सम्झौंता अहिले “हात्ति आयो, हात्ति आयो फूस्स” सावित भएको छ । खानेपानीको नयाँ कनेक्शन लिंदा वीरगन्जवासिले तिर्नु पर्ने धरौटि र जडान शुल्क मिनहागर्ने दुवैपक्ष बीच सम्झांैता भएपनि सम्झौता भएको पाँच दिन वितिसक्दासमेत वीरगन्जवासिले शुल्क तिरेर नै धाराको लाईन जडान गराउनु परेको छ ।

वीरगन्ज लागयतका क्षेत्रमा देखिएको सुद्ध खानेपानीको अभावलाई सम्बोधन गर्न र वीरगन्जवासिलाई राहत प्रदना गर्ने उदेश्य राखि दुवै संस्था बीच सम्झौता भएको खानेपानी मन्त्री प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले तामझामका साथ प्रचारप्रचार गरेपनि नागरिकले भने सम्झौंता अनुसारको सुविधा अहिलेसम्म पाउन सकेका छैन्न ।

साउन १ गते देखि लागु हुँने गरी दुवैसंस्था बीच सम्झौंता भएपनि साउन महिनाको ५ गते वितिसक्दा समेत आफुहरुले नयाँ धारा जडान गराउन जाँदा नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगन्जमा ६ हजार ३ सय ९० रुपैया जम्मा गर्नु परेको वीरगन्ज १६ रेलवेरोड निवासी राकेश साहले जानकारी दिनसुभयो। उहाँले खानेपानीको नयाँ धारा जडान गराउदा धरौटि र जडान बाप्त तिर्ने शुल्क नलागने सम्झौता भएको कार्यालयका कर्मचारीलाई जानकारी दिंदा सम्झौता वारे आफुहरुलाई कुनै जानकारी नभएको कर्मचारीले बताएपछि धारा जडान गराउन लाग्ने शुल्क तिरी आएकोे बताउनुभयो।
नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको उपस्थितीमा वीरगन्जवासिलाई राहत प्रदान गर्न दुईपक्षिय सम्झौता भएपनि सम्झौता अनुसारको सुविधा खानेपानी कार्यालयबाट नपाउदा आफु ठगिएको जस्तो मुहशुस भएको साहले गोप्य खबरलाई बताउनुभयो।
यसै विषयमा नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगन्जका निमित्त प्रमुख इन्जिनीयर रामचन्द्र सहनीसंग बुझा उहाँले सम्झौंता भएको खबर सुनियपनि सोवारे आफुहरुलाई कुनै लिखित पत्र उपलो कार्यालयले नपाठाएको कारण पूर्ववत अवस्थामै कामहरुलाई अगाडी बढाएको बताउनुभयो । नयाँ धारा जडानका लागि निवेद्न दिन आउने ग्राहकसंग अहिले हामिले जडा र धरौटि बाप्तको रकम बुझीमात्र धारण जडान गराएको उहाँले जानकारी दिनुभयो।