वीरगन्ज-
देशको मुख्य प्रवेशद्वार र आर्थिक राजधानी भनेर चिनीने पर्सा जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेको संख्यामा उलेख्य वृद्धी भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले उपलब्ध गराएको तथ्याँक अनुसार समिक्षि अवधीको तुलनामा गत आवमा नागरिकता परित्याग गर्नेको संख्या २ सय १६ प्रतिशतले वृद्धी भएको छ ।
आर्थिक वर्षका २०७९-०८०मा ६ वटा नागरिकताको लगत कट्टा भएको तुलनामा आर्थिक वर्ष २०८०-०८१मा १९ वटा नागरिकताको लगत कट्टा भएकोे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
जिल्लामा नागरिकता परित्याग गर्नेको संख्या संगै नयाँ नागरिकता लिनेको संख्यामा समेत वृद्धी भएको छ । समिक्षा अवधीमा जिल्ला प्रशासन कार्यालय पर्साले १६ हजार २ सय ५८ जनालाई नयाँ नागरिकताको प्रमाण पत्र वितरण गरेको तुलनामा गत आवमा १ हजार ३ सय ७१ जना बढी अर्थात १७ हजार ६ सय २९ जनालाई नयाँ नागरिकात वितरण गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो ।
त्यसै जिल्ला प्रशासन कार्यालयले समिक्षा अवधीमा १३ हजार ३ सय १२ जनालाई नागरिकताको प्रतिलिपी वितरण गरिएको तुलनामा गत आवमा ३० जना बढी अर्थात १३ हजार ३ सय ४२ जनालाई नागरिकताको प्रतिलिपि वितरण गरेकोे प्रजिअ अर्यालले बताउनुभयो।