२०८२ श्रावण ७ गते, बुधबार १९:४५
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • दुर्घटनामा डरलाग्दो वृद्धिःमधेस प्रदेशमा गत आर्थिक वर्षमा ७,४४३ वटा सवारी दुर्घटना हुँदा ५६४ जनाको मृत्यु र १२,१२३ जना घाइते भएका छन्। अघिल्लो वर्षको तुलनामा दुर्घटनामा २३% वृद्धि, मृत्युमा ७% र घाइते संख्यामा २५% वृद्धि भएको छ।
  • दैनिक औसत तथ्याङ्कः विगत दुई आर्थिक वर्षको तुलनामा दैनिक औसत दुर्घटना १६.५९ बाट २०.३९ पुगेको छ। त्यसैगरी, प्रतिदिन मृत्यु हुनेको संख्या १.४५ बाट १.५४ पुगेको छ भने घाइते हुनेको संख्या २६.६९ बाट ३३.२२ पुगेको छ।
  • पर्सा जिल्लाको अवस्थाःपर्सा जिल्लामा सवारी दुर्घटना ३९% र घाइतेको संख्या ४२% ले बढेको भए पनि मृत्यु हुनेको संख्या भने ८% ले घटेर ५१ बाट ४७ मा झरेको छ।
वीरगन्ज-

सवारी दुर्घटनामा परि मधेस प्रदेशमा प्रति दिन एक जना भन्दा बढी व्यत्तिले ज्यान गुमाएका छ भने ३३ जना भन्दा बढी व्यक्ति गम्भिर घाइते भएका छन ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराले उपलब्ध गारएको तथ्याँक अनुसार गत आर्थिक वर्षमा प्रदेश गरी ७ हजार ४ सय ४३ वटा सवारी दुर्घटना हुँदा सोमा परी ५ सय ६४ जना व्यक्तिको मुत्यु भएको छ भने १२ हजार १ सय २३ जना घाइते भएका छन् ।

ट्राफिक नियमको पालामा देखिएको कमजोरी र सवारी साधन चलाउदा चालकले अपनाउनु पर्ने सावधानी नअपनाको कारण मधेस प्रदेशमा सवारी दुर्घटा बढ्दै गएको छ । ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले उपलब्ध गराएको तथ्याँक अनुसार अघिलो आर्वको तुलनामा गत आर्थिक वर्षमा सवारी दुर्घटना २३ प्रतिशतले वृद्धी भएको छ भने, दुर्घटनामापरि मृत्यु हुनेको संख्या ७ प्रतिशत र घाइतेको संख्यामा २५ प्रतिशतले वृद्धी भएको छ ।

आर्थिक वर्ष २०८०(०८१ मा ६ हजार ५८ वटा सवारी दुर्घटना हँुदा सोमा परी ५ सय ३० जनाको मुत्यु र ९ हजार ७ सय ४५ जना घाइते भएको तुलनामा गत अबमा १ हजार ३ सय ८५ वटा बढी दुर्घटना हुँदा ३४ जना बढीले ज्यान गुमाएका छ भने,२ हजार ३ सय ७८ जना बढी घाइते भएका छन् ।

ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले उपलब्ध गराएको दुई वर्षीय तथ्याँकलाई तुल्ना गर्दा गर्दा अघिलो आर्थिक वर्षमा प्रतिदिन १६।५९ वटा सवारी दुर्घटना भएका छ भने, सोमा परी प्रतीदिन १।४५ जनाको मृत्यु र २६।६९ जना घाइते भएको तुलनामा गत आवमा प्रतिदिन २०।३९ वटा सवारी दुर्घटना हुदा सोमा परी १।५४ जनाको मृत्यु र ३३।२२ जना घाइते भएका छन् ।

मधेस प्रदेशको ८ जिल्लाको तथ्याँकलाई तुलनामा गर्दा पर्सा जिल्लामा सवारी दुर्घटना३९ प्रतिशत र घाइतेको संख्या ४२ प्रतिशतले वृद्धी भएपनि सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्यामा भने ८ प्रतिशतले घटेको छ ।

अघिलो आर्थिक वर्षमा पर्सामा ५ सय ४४ वटा सवारी दुर्घटना हुँदा सोमा परी ५१ जनाको मृत्यु र ८ सय ४ जना घाइते भएको तुलनामा गत आवमा ७ सय ५६वटा सवारी दुर्घटना हुदा १हजार १ सय ४६ जना घाइते र ४७ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराले उपलब्ध गारएको तथ्याँक

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस