२०८२ श्रावण ७ गते, बुधबार १९:१५

जनकपुर-

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनपुरधामलाई विवाह केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

बुधवार जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो । उहाँले विश्वभर देशबाहिरका धार्मिकस्थलहरुमा गएर विवाह गर्ने संस्कृतिको विकास भइरहेको उल्लेख गर्दै राम र सीताको विवाहस्थल समेत रहेको जनपुरधामलाई म्यारिज हवको रुपमा विकास गर्नुपर्ने बताउनु भयो । त्यसका लागि आवश्यक पूर्वाधार निर्माणका लागि तीन तहको सरकारले समन्वय र सहकार्य गर्नु जरुरी रहेको पनि उहाँको भनाइ छ । उपप्रधानमन्त्री सिंहले नेपालको सांस्कृति एवं धार्मिक पहिचानको संरक्षणका लागि आफ्नो स्थानबाट सबैले सहयोग गर्न जरुरी रहेको पनि बताउनु भयो ।

धार्मिक महत्व बोकेको जनकपुरधामलाई विश्वकै उत्कृष्ट धार्मिक पर्यटकस्थलको रुपमा विकास गर्दै अगाडि बढ्न जरुरी रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस