२०८२ श्रावण ९ गते, शुक्रबार २०:५२
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • महिला विरुद्ध अपराध नियन्त्रण अभियान: पर्सा प्रहरीले बेश्यावृत्ति, मानव बेचबिखन र यौन व्यपारजस्ता अपराध नियन्त्रण गर्न जिल्लाभर विशेष अभियान सञ्चालन गर्दै होटलहरूमा नियमित चेकजाँच र सीमाक्षेत्रमा निगरानी कडा पारेको छ।
  • नयाँ बसपार्कमा छापा र पक्राउ:वीरगन्ज नयाँ बसपार्कस्थित न्यु शान्ति सैनिक होटलमा यौनजन्य गतिविधि भइरहेको सूचनाका आधारमा छापा मारेर होटललाई शिलबन्दी गर्दै संचालक ५५ वर्षीय गिनीलाल गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • उद्धार र कानुनी कारबाही:पछिल्ला ५ महिनामा पर्सा प्रहरीले मानव बेचबिखन सम्बन्धी १२ मुद्दा दर्ता गरी १३ जना अभियुक्तलाई कारागार पठाएको र १ सय ३७ जना नेपाली महिलालाई भारतबाट उद्धार गरी परिवारसँग पुनर्मिलन गराएको छ।
वीरगन्ज –

महिलाका विरुद्ध हुने अपराधलाई नियन्त्रण गर्न पर्सा प्रहरीले जिल्लामा विषेश अभियान चलाएको छ । बेश्याबृती, यौन व्यपार, मानव बेचबिखन  तथा ओसार पसार जस्ता महिला विरुद्धको अपराधलाई नियन्त्रण गर्न पर्सा प्रहरीले विषेश अभियान नै चालएको छ । विभिन्न प्रलोभनमा पारी नेपाली चेलीलाई विदेश तर्फ लगी विक्री गर्ने जस्ता कार्यलाई रोकथाम गर्न प्रहरीले सिमाक्षेत्रमा चेकजाचमा कडाइ गरेकोे छभने, वीरगन्जको होटलहरुमा हुँने यौनजन्य व्यपारलाई नियन्त्रण गर्न नियमित चेकजाँचलाई गति प्रदान गरेको छ ।

यसै क्रममा  वर्षौदेखि यौन व्यवसाय संचालन हुँने आएको वीरगन्ज नयाँ बस पार्कको एक होटलमा पर्सा प्रहरीले छापामारी होटललाई शिलबन्दी गर्नुका साथै होटल संचालकलाई नियन्त्रणमा लिएको छ । महिला विरद्ध हुने अपराधलाई नियन्त्रण गर्न कठोररुपमा प्रस्तुत भएको पर्सा प्रहरीले पाएको विषेश सुचनाको आधारमा नयाँ बसर्पाकमा संचालित न्यु शान्ति सैनिक होटलमा शिलबन्दी गरी होटल संचालक वीरगन्ज महानगरपालिकाको वडा नं। १७ मा घरमाई वडा नं. १६ भानु चोकमा बस्दै आएका ५५ वर्षीइ गिनीलाल गुप्तालाई नियन्त्रणमा लिएको हो ।

विभिन्न खाले प्रलोभनमा पारी देशको विभिन्न जिल्लाबाट ल्याइएका युवतीहरुलाई यौन व्यवसायमा लगाएको सुचनाको आधारमा होटलामा छापामारी गर्दा  यौनजन्य गतीविधि भएको भेटिएपछि होटललाई शिलबन्दी गर्दै संचालक गुप्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक(एसपी) गौतम मिश्राले जानकारी दिनुभयो ।

गोप्यखबर लाई जानकारी गाराउदैँ जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक(एसपी)गौतम मिश्रा

उहाँँले होटलमा यौन जन्य गतिविधी संचालन भएको सुचना पाएपछि अपराधमा संलगनहरुलाई पक्राउ गर्न सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो ।विभिन्न प्रलोभनमा पारी नेपाली चेलीहरुलाई विदेश लगीे बेचविखन गर्नुका साथै यौन व्यपारमा लगाउने विरुद्ध पर्सा प्रहरी कठोर रुपमा प्रस्तु भएको एसपी मिश्राले जानकारी दिनुभयो। उहाँले महिला विरुद्ध हुने अपराधमा संलगनलाई। कुनैपनि हालतमा कानुनको दायरामा ल्याइ छाने अठोटलाई मुर्त रुपदिन प्रहरीले सिमा क्षेत्रमा निगरानीलाई बढाएको बताउनुभयो ।

पर्सा प्रहरी प्रमुखको नेतृत्वमा आफु आएपछि पछिलो ५ महिना भित्र मानव बेचबिखन  तथा ओसार पसारमा संलगन विरुद्ध १२ वटा मुद्दा दर्ता गर्दै १३ जना व्यक्तिलाई नियन्त्रणमा लिई मुद्दा चलाइएको एसपी मिश्राले जानकारी दिनसुभयो । जिल्ला प्रहर कार्यालय पर्साले मानव वेचविखन मुद्दामा पक्राउ गरी अदालतमा उपस्थित गराएका १३ जना अभियुक्तलाई अदालतले पुरपक्षकालागि कारागार चलान गरेको बताउनुभयो।

विभिन्न प्रलोभवनमा पारि नेपालको लोखलढुङ्गा, कास्की, स्याङ्जा, बैतडी, रसुवा लगायतका जिल्लाबाट भारत पुर्याइएका १ सय ३७ जना महिलाको उद्धार  गरी उनको परिवारसंग पुर्नमिलन गराएको एसपी मिश्राले जानकारी दिनुभयो। उहाँले भारतको विहार, उत्तरप्रदेश लागयतका विभिन्न प्रदेशमा वेचिएकी नेपाली चेलीहरुलाई भारतीय प्रहरी तथा विभिन्न समाजकि संघ संस्थाहरुको सहयोगमा नेपाल फिता ल्याउन सफल भएको बताउनुभयो।

विहेगर्ने, आकर्षक तलबमा जागरिक लगाई दिने , राम्रो तलब पाउने देशमा पठाई दिने लगायतका विभिन्न झुठा प्रलोभवमा पारी  मानव तस्करहरुले भारत तर्फ लगिएका युवतीहरुलाई  कोठिहरुमा विक्री गरी यौन्जय व्यवसायमा लगाउन गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस