♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
वीरगन्ज-

वीरगन्ज देशकै प्रमुख व्यपारिक नाका वीरगन्जको व्यपार घाटा ११ गुणाले कम भएको छ । वीरगन्ज नाकालाई प्रयोग गरी भारत तथा तेस्रो मुलुक तर्फ हुने माल बस्तुको निकासीमा उलेख्य वृद्धी भएपछि अघिलो वर्षको तुलनामा व्यपार घाटा ११.४० गुणाले कम भएको हो ।
आर्थिक वर्ष २०८०-०८१मा वीरगन्ज नाकालाई प्रयोग गरी भएका आयात र्नियातमा १६.४५ गुणाको अन्तर रहेको तुलनामा गत आर्थिक वर्षमा उक्त अन्तर ५.१४ गुणामा झरेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याँक अनुसार समिक्षा अवधीमा वीरगन्ज नाकालाई प्रयोग गरी ५ खर्ब ४३ अर्ब ६७ करोड रुपैया बराबरको विभिन्न माल बस्तु आयात भएको तुलनामा ३१ अर्ब १४ करोड मुल्य बराबरको मल बस्तु र्नियात भएको हुँदा वीरगन्ज नाकाको व्यपार घाटा ५ खर्ब १२ अर्ब ५३ करोड पुगेको भन्सार कार्यालयले जनाएको छ ।
त्यसै गत आर्थिक वर्षमा भारत तथा तेसो मुलुकबाट ६ खर्ब २५ अर्ब९७ करोड रुपैयाको माल बस्तु आयात भएको तुलनामा १ खर्ब १ अर्ब ८४ करोड रुपैया बराबरको विभिन्न माल बस्तु र्नियात भएको छ । गत आर्थिक वर्षमा र्नियातको तुलनामा ५ खर्ब २४ अर्ब १३ करोड रुपैया बढीको मालबस्तु आयात भएको वीरगन्ज भन्सार कार्यालयका सुचना अधिकारी अमित तिवारीले गोप्यखबरलाई जानकारी दिनुभयो । उहाँले विगतका वर्षको तुलनामा गत आवमा नेपालबाट भारत तथा तेस्रो मुलुक तर्फ हुने विभिन्न माल बस्तुको निकासीमा राम्रो सुधार भएकाले नाकाको व्यपार संतुलमा यसको सकारात्मक प्रभाव देखिएको बताउनुभयो ।
गत आर्थिक वर्षमा नेपालबाट भारत तर्फ भटमास र सुर्यमुखीको प्रशोधित तेलाको निकारी राम्रो भएपछि व्यपारघाटा कम भएको अधिकृत तिवारीले जानकारी दिनुभयो। उहाँले अघिलो अर्थिक वर्षमा वीरगन्ज नाकालाई प्रयोग गरी ९ करोड रुपैयाको ४ सय ३४ मैट्रिक टन भटमास र १० करोड रुपैयाँ बराबरको ५ सय २७ मैट्रिक टन सुर्यमुखिको प्रशोधित तेल निकासी भएको तुलनामा गत आवमा ६१ अर्ब ४५ करोड रुपैयाको २ लाख ९१ हजार ४ सय ९१ मैट्रिक टन भटमास र ९ अर्ब २६ करोड रुपैयाको ४१ हजार ५ सय ९ मैट्रिक टन सुर्यमुखिको प्रशोधित तेल निकासी भएको अधिकृत तिवारीको भनाइ रहेको छ ।