२०८२ श्रावण ११ गते, आईतवार १५:३६

पर्सा-

पर्साको ठोरी गाउँपालिका–४, निर्मलबस्तीमा करिब १ हजार घरधुरीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ निर्माण भएको ’निर्मलबस्ती खानेपानी आयोजना’ को शुक्रबार उद्घाटन गरिएको छ। संघीय खानेपानी मन्त्री प्रदीप यादवले उक्त आयोजनाको उद्घाटन गरेका हुन्।

यो आयोजनाअन्तर्गत २ लाख २५ हजार लिटर क्षमताको ओभरहेड ट्यांकी, डीप ट्युबवेल, कार्यालय भवन, पम्प हाउस र पानी प्रशोधन केन्द्र (ट्रीटमेन्ट प्लान्ट) जस्ता संरचनाहरू निर्माण गरिएका छन्। उद्घाटनका क्रममा मन्त्री यादवले धाराबाट आएको पानी आफैँ पिएर आयोजनाको शुभारम्भ गरेका थिए, जसको जानकारी ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले दिए।

उद्घाटनपछिको स्वागत तथा अभिनन्दन कार्यक्रममा मन्त्री यादवले निर्मलबस्ती खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले नियमित, सुरक्षित र भरपर्दो खानेपानी सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे। उनले लामो समयदेखि खानेपानीको अभाव झेलिरहेका स्थानीयका लागि यो आयोजना महत्त्वपूर्ण उपलब्धि भएको बताए। यो आयोजनाबाट १ हजार घरधुरीका २,१६५ नागरिक लाभान्वित हुने उनले उल्लेख गरे।

मन्त्री यादवले सरकार गाउँगाउँसम्म स्वच्छ खानेपानी पुर्‍याउन प्रतिबद्ध रहेको बताउँदै खानेपानीलाई विकासको आधारभूत संरचनाको रूपमा व्याख्या गरे। उनले तराई–मधेसका जिल्लाहरूले गम्भीर जलसंकटको सामना गरिरहेको उल्लेख गर्दै यस्तो परिस्थितिमा पनि नागरिकको मौलिक अधिकारका रूपमा स्वच्छ र सुरक्षित खानेपानी सुनिश्चित गर्न सरकार अहोरात्र खटिरहेको बताए। मधेसको खानेपानी समस्या चाँडै समाधान हुनेमा उनले आम नागरिकलाई विश्वास दिलाए।

उनले खानेपानी मन्त्रालयको विशेष पहलमा नेपाल सरकारको मन्त्रिपरिषद्ले मधेस प्रदेशका ८ जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको जानकारी पनि दिए।

कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष गोकुली कुमारी रेग्मी, भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमद, निर्मलबस्ती खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारी, वडाध्यक्षहरू, जसपाका नेताहरू लगायतको उपस्थिति थियो।

प्रतिक्रिया

गृहमन्त्रीको निर्देशनः खानेपानी र सिंचाईको समस्या भएका स्थानको पहिचान गरी छिटो बोरिङ गर्ने वातावरण मिलाउनू

काठमान्डौं- गृहमन्त्री रमेश लेखकले खानेपानी र सिंचाईको समस्या भएको स्थानहरुको

गृहमन्त्रीको निर्देशनः खानेपानी र सिंचाईको समस्या भएका स्थानको पहिचान गरी छिटो बोरिङ गर्ने वातावरण मिलाउनू

काठमान्डौं- गृहमन्त्री रमेश लेखकले खानेपानी र सिंचाईको समस्या भएको स्थानहरुको

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राज्यका निकायहरुबाटै व्यापक रुपमा मानव अधिकार उल्लङ्घन भइरहेको टिप्पणी गर्नुभएको छ । आईतवार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद गौतमले यस्तो टिप्पणी गर्नुभएको हो । सामाजिक सञ्जालमा टिप्पणी गरेका आधारमा पक्राउ गरेर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्य भइरहेको उहाँको भनाइ छ । सांसद गौतमले पछिल्लो समय देखिएका मानव अधिकार उल्लङ्घनसम्बन्धी कुराहरु मानव अधिकारको प्रतिवेदनमा समेट्नुपर्ने बताउनु भयो । सांसद गौतमले न्यायिक हिरासतमा परेका व्यक्ति पुनः प्रहरीले हिरासतमा राख्ने अभ्यासप्रति आपत्ति जनाउनु भयो । उक्त अभ्यास नेपालबाहेक अन्यत्र नरहेको उहाँको जिकिर छ ।

पोडकास्ट सुन्नुहोस