२०८३ बैशाख २ गते, बुधबार ०८:५८

पर्सामा प्रहरी सहायक हवल्दार शिवशंकर यादव असार महिनाको उत्कृष्ट प्रहरी घोषित

वीरगन्ज-
जिल्ला प्रहरी कार्यालय पर्साले २०८२ साल असार महिनाको उत्कृष्ट प्रहरी (Best Police of the Month) घोषणा गरेको छ ।

उक्त सम्मान प्रहरी सहायक हवल्दार शिवशंकर प्रसाद यादव लाई प्रदान गरिएको हो । उनी जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत छन् ।

कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार उनले सूचना संकलन शाखामा रहेर चोरी नियन्त्रण, हराएका मोबाइल फोनको खोजतलास, साइबर अपराध अनुसन्धान, लागुऔषध नियन्त्रण तथा अन्य आपराधिक घटनामा सक्रिय भई कानुनी दायरामा ल्याउन उल्लेखनीय योगदान पुर्‍याएका छन् । साथै वस्तुस्थिति तथा प्रमाणको आधारमा अनुसन्धानमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक गौतम मिश्र का अनुसार यादवको उत्कृष्ट योगदानलाई मध्यनजर गर्दै उनलाई असार महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस