२०८२ आश्विन २ गते, बिहीबार १६:४४

तीनकुने घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न राप्रपाको माग

काठमाडौं-

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर जबराले गत चैत १५ गते भएको तीनकुने घटनाको छानविन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ ।

प्रतिनिधि सभामो शुक्रवारको बैठकमा बोल्दै सांसद राणाले यस्तो माग गर्नुभएको हो । उहाँले सरकारले राजावादी विचार बोकेकै भरमा आफूहरुमाथि झुटा मुद्दा लगाएको टिप्पणी गर्नुभयो । न्यायपालिकाले तीनकुने घटनाकारे सत्यतथ्य रुपमा न्याय निरुपण गर्ने कुरामा आफू विश्वस्त रहेको उहाँको भनाइ छ ।

उहाँले राज्यको कमजोर सुरक्षा संयन्त्रको कारण तीनकुने घटना घटेको उल्लेख गर्दै पक्राउ परेका सबै राजावादी समूहका नेता कार्यकर्ताहरुलाई रिहा गर्न समेत माग गर्नुभयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस