२०८२ श्रावण ११ गते, आईतवार ०१:००

काठमाडौं –

नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले मधेसमा दशकौँदेखि अलपत्र पारिएका खानेपानी आयोजनाका कारण मरुभूमिकरण बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताउनु भएको हो । उहाँले मधेशवासीलाई खानेपानी, सिँचाइ र मल आपूर्तिको व्यवस्थापन तत्काल गर्न सरकारसँग माग गर्नुभयो । सांसद शर्माले मधेशवासीले बोरिङ चलाएवापत आउने विद्युत महशुल समेत सरकारले तिर्नुपर्ने बताउनु भयो ।

उहाँले चुरे क्षेत्रको विनाश बढ्दै गए केही वर्षमा मरुभूमि हुने भन्दै चुरे संरक्षणप्रति सरकार गम्भीर हुनुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस