काठमाडौं-

नेकपा (एमाले)का सांसद किरणकुमार शाहले पोखराको १३५ रोपनी लिची बगैंचा हडप्न घुसम लिएको आरोप लागेका मन्त्रीहरु अझै किन पदमा छन् ? भन्दै प्रश्न गर्नुभएको छ ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद शाहले यस्तो प्रश्न गर्नुभएको हो । उहाँले भिजिट भिसा दुरुपयोग, मानव बेचबिखनमा संलग्न व्यक्तिहरूलाई संरक्षण आरोप लगाउँदै तिब्र आलोचना गर्नुभयो । उहाँले भ्रष्टाचारीको अनुहार पनि नहेर्ने भन्न सरकारले भ्रष्टाचार काण्डमा मुछिएका मन्त्रीहरुलाई संरक्षण गरिरहेको आरोप लगाउनु भयो ।
उहाँले मानव बेचबिखनमा संलग्न भएको आरोप लागेकाहरूको सम्मानसहित स्वागत भइरहेको विषयमा पनि सरकार मौन रहेको भन्दै सरकारको आलोचना गर्नुभयो ।