काठमाडौं-

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो पार्टी सदस्यता नविकरण भइसकेकाले पार्टी सदस्यताको विषयलाई लिएर विवादमा पार्न आवश्यक नरहेको बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले ‘राष्ट्रपतिको कार्यकाल सकिएपछि आफूले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक विषयका साथै अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा अध्ययन तथा चिन्तन,मनन गर्दै आएको र आफ्नो राजनीतिक यात्रालाई पार्टीमा आवद्ध भएर अगाडि बढाउने बारेमा सोचेर अघि बढिरहेको बताउनु भयो । उहाँले पार्टीमा आवद्ध बनेर नै अगाडि बढ्ने टुङ्गोमा पुगेपछि विधिपूर्वक पार्टीको सदस्यता नविकरण गरेको बताउनु भयो ।
पूर्वराष्ट्रपति भण्डारीले पहिले पनि पार्टी सदस्यता नवीकरण र पार्टीमा मेरो जिम्मेवारीको विषयमा पार्टीका नेताहरूसँग पटक पटक कुरा गरेको बताउनु भयो ।