२०८२ श्रावण ९ गते, शुक्रबार २१:१०

काठमाडौं-

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्र्य नेपाली कम्युनिष्ट आन्दोलनको प्रतिक रहेको बताउनुभएको छ ।

स्वर्गीय नेता कर्माचार्यको स्मृति दिवसमा शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले नेता कर्माचार्यलाई सरलता, सज्जनता र सही विचारप्रति अविचलित प्रतिवद्धता राख्ने नेता वर्णन गर्नुभयो । अध्यक्ष दाहालले २०४६ सालको जनआन्दोलनपछि माओवादी विचारधारा मान्ने शक्तिहरू एकतावद्ध भएको स्मरण गर्दै अध्यक्ष दाहालले त्यही समय उहाँसँग सहकार्य गर्ने मौका पाएको बताउनु भयो । अध्यक्ष दाहालले स्वर्गीय नेता कर्माचार्यको योगदानको स्मरण गर्दै आफूले सधैँ आफ्नो अभिभावकको रुपमा सम्झिने गरेको बताउनु भयो ।

उहाँले कर्माचार्यको वैचारिक दृढता र संगठकीय प्रतिबद्धता नेपाली कम्युनिष्ट आन्दोलनका लागि प्रेरणाको स्रोत भएको बताउनु भयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस