२०८२ श्रावण ११ गते, आईतवार १०:५२

वीरगन्ज —
अनधिकृत रुपमा नगद असुली गरी कर्मचारी नियुक्ति गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरिया नगरपालिकाका मेयर प्रद्युम्न चौहानसँग बयान लिएको छ। गत सोमबार राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग राति १ बजे भेट गरेका मेयर चौहानलाई अख्तियारले मंगलबार कार्यालय समयमा बयानका लागि डाकेको श्रोतले जनाएको छ।

अख्तियारले असार ६ गते छापामारी गरी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव र शाखा प्रमुख नायब सुब्बा सन्दिप साहलाई नियन्त्रणमा लिएको थियो। आरोप अनुसार, पोखरिया नगरपालिकामा करिब ५७७ जना कर्मचारी नियुक्त गर्दा मेयरका आफन्त र केही कर्मचारीहरूले १ देखि ३ लाखसम्म घुस लिई कार्यालय सहयोगी, नगर प्रहरी र सुपरभाइजरजस्ता पदमा नियुक्ति गरेका थिए।

यता, घुस दिएर नियुक्ति पाएका कर्मचारीहरूले आफ्नो रकम फिर्ता र सेवाबापतको तलब उपलब्ध गराउन माग गरेका छन्। पीडितहरूले समाजसेवी निजामुद्दिन समानीको संयोजनमा भेला गरी साउन १५ गतेसम्म मेयर चौहानलाई औपचारिक ज्ञापनपत्र बुझाउने निर्णय गरेका छन्। उनीहरूले आफूले तिर्नु परेको रकम फिर्ता र काम गरेको पारिश्रमिक तत्काल उपलब्ध गराउन आग्रह गरेका छन्।

प्रतिक्रिया

गृहमन्त्रीको निर्देशनः खानेपानी र सिंचाईको समस्या भएका स्थानको पहिचान गरी छिटो बोरिङ गर्ने वातावरण मिलाउनू

काठमान्डौं- गृहमन्त्री रमेश लेखकले खानेपानी र सिंचाईको समस्या भएको स्थानहरुको

गृहमन्त्रीको निर्देशनः खानेपानी र सिंचाईको समस्या भएका स्थानको पहिचान गरी छिटो बोरिङ गर्ने वातावरण मिलाउनू

काठमान्डौं- गृहमन्त्री रमेश लेखकले खानेपानी र सिंचाईको समस्या भएको स्थानहरुको

पोडकास्ट सुन्नुहोस