२०८२ श्रावण १३ गते, मंगलवार १६:४७

काठमाडौं –

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारको निगरानी बाहिर समानान्तर बजेट वितरण हुने गरेको बताउनुभएको छ ।

मंगलवार माओवादी केन्द्र समाजकल्याण विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आईएनजीओ वा एनजीओका नामबाट निकै ठूलो रकम आउने गरेको बताउनुभएको हो । विभिन्न विदेशी दातृ संस्थाहरू या राष्ट्रहरूले दिने उक्त रकम नेपालको बजेटको समानान्तर रुपमा खर्च हुने गरेको तर सरकारले नियमन र नियन्त्रण गर्न नसकेको उहाँको भनाई थियो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले नेपाल जस्तो गरिब देशमा प्रभाव पार्न र प्रभुत्व विस्तार गर्ने साधनका रुपमा शक्ति राष्ट्रले नेपालमा लगानी गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले आफू प्रधानमन्त्री हुँदा यसलाई राज्यको अनुगमन र लेखाप्रणालीभित्र राख्न प्रयास गरेको दाबी गर्नुभयो ।

अध्यक्ष दाहालले शक्ति राष्ट्रहरू वा दातृ निकायले दिने अनुदान विशुद्ध सहयोग हुन नसक्ने ठोकुवा गर्नुभयो । अनुदानमा राजनीतिक उद्देश्य रहेको पनि स्पष्ट पार्नुभयो । शक्ति राष्ट्रहरूले विश्वभरी नै आफ्नो प्रभुत्व कायम गर्न विभिन्न संघ संस्था निर्माण गर्ने र परिचालन गर्ने गरेको उहाँले बताउनु भयो ।

उहाँलेसबै सामाजिक संघ संस्था त्यस्तै हुन् र सबै एनजीओप्रति उही नीति लिनुपर्छ भन्ने बुझाई गलत हुने बताउनु भयो । कतिपय संघ संस्थाहरू विशुद्ध सामाजिक सेवा भावले समेत कार्यरत रहेको उहाँको भनाई थियो । अध्यक्ष दाहालले पार्टी कार्यकर्ताहरूलाई विभिन्न सामाजिक संघसंस्थामा सहभागी हुन र हस्तक्षेप गर्नसमेत निर्देशन दिनुभयो ।

प्रतिक्रिया

खर्च गर्ने क्षमता घट्दै गएको तथ्यलाई भन्सार कार्यालयको तथ्याँले दियो चुनौति , वीरगन्ज नाकाबाट विलासिय बस्तुको आयातमा उलेख्य वृद्धी

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड खर्च गर्ने क्षमतामा कमी

खर्च गर्ने क्षमता घट्दै गएको तथ्यलाई भन्सार कार्यालयको तथ्याँले दियो चुनौति , वीरगन्ज नाकाबाट विलासिय बस्तुको आयातमा उलेख्य वृद्धी

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड खर्च गर्ने क्षमतामा कमी

पोडकास्ट सुन्नुहोस