काठमाडौं-

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खुला सीमाका कारण निकासी पैठारीमा चुनौतीहरु रहेको बताउनुभएको छ ।
आज राजधानीमा आयोजित ‘३१ औं कार्गो डे’ लाई सम्बोधन गर्दै उहाँले खुला सीमाका कारणले चोरी निकासी भइरहेको र कराडौं राजश्व समेत गुमिरहेको बताउनुभएको हो । मन्त्री भण्डारीकाअनुसार खुला सीमाका कारण बढिरहेको चुनौतीका बारेमा सरकार गम्भीर रहेको छ ।
उद्योगमन्त्री भण्डारीले अब व्यवसायहरुलाई प्रविधि मैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँकाअनुसार छिमेकी मुलुकहरुसँगको ब्यापारी सम्बन्धलाई वृद्धिसँगै व्यवस्थित गर्न सरकार गम्भीर छ ।
मन्त्री भण्डारीले निकासी पैठारी सम्बन्धि पुराना कानूनहरुलाई सरकारले समयानुकुल परिवर्तन गर्नका लागि संसदमा संशोधनको प्रस्ताव दर्ता गराई सकेको जानकारी दिनुभयो ।