२०८२ श्रावण १८ गते, आईतवार २०:३६

काठमाडौं- 

प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह असली राजा नभएको आरोप लगाउनुभएको छ ।

आईतवार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ज्ञानेन्द्र शाहलाई कुसको राजाको संज्ञा दिँदै दरबार हत्यकाण्ड भएपछि कुसको राजाका रुपमा ल्याइएको बताउनु भयो । वास्तविक राजतन्त्र वीरेन्द्र र दीपेन्द्रको मृत्युसँगै सकिएको उहाँको टिप्पणी छ । २००७ सालमै नेपालबाट तत्कालीन राजा त्रिभूवन भागेर भारत जानुभएको भन्दै त्यही बेला अग्रजहरुले राजा बाहेक अरुमा सम्झौता गर्छौं भनेको भए ठिक हुने टिप्पणी गर्नुभयो । त्यही त्रुटीले २०६५ सम्म सामन्तवादीको अधिनमा रहनुपरेको बताउनु भयो ।

धानमन्त्री ओलीले राजतन्त्र षड्यन्त्रकारी शासन भएको आरोप लगाउँदै २०६५ साल जेठ १५ गते भएको बताउनु भयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस