२०८२ श्रावण २४ गते, शनिबार ०४:२१

काठमाडौँ-

नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटाले संविधान संशोधनको विषय कहाँ पुग्यो ? भन्दै प्रश्न गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद बाँस्कोटाले वर्तमान सकारले केही सकारात्मक काम गरेको भएपनि संविधान संशोधनको प्रक्रिया अगाडि नबढाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो

। उहाँले अहिले दलहरुले केही गर्न नसकेको भन्ने भाष्य स्थापित गरेर लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउन खोजिएकोप्रति सबै सचेत हुन आवश्यक रहेको बताउनु भयो । बाँस्कोटाmे संविधान संशोधनप्रति गरिएको प्रतिवद्धता अझै कार्यान्वयन नहुँदा सार्वजनिक रुपमा सरकारमाथि प्रश्न उठिरहेको बताउनु भयो ।

उहाँले लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ र गतिशील बनाउन सबै राजनीतिक शक्ति गम्भीर भएर लाग्नुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले नयाँ राजनीतिक दलहरु लोकप्रियतावादमा लागेको आरो लगाउनु भयो । उहाँले संसद बहिस्कार गरेर व्यवस्था कमजोर बनाउनुभन्दा सुदृढ बनाउन भुमिका खेल्न समेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस