काठमाडौँ-
नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले सरकार निरंकुशतातिर प्रवेश गरेको बताउनुभएको छ ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सञ्चारमाध्यमहरु अब गृह मन्त्रालयअन्तर्गतका निकाय (जिल्ला प्रशासन कार्यालय) मा दर्ता हुनुपर्ने प्रावधान सरकारले ल्याउन लागेको हो ? भन्ने प्रश्नमा उहाँले गृह प्रशासनको प्रयोग गरेर सञ्चारमाध्यमलाई निस्तेज पार्ने काम सह्य नहुने चेतावनी दिनुभयो । सञ्चारमाध्यमहरुले पनि सत्यतथ्यमा आधारित समाचार मात्रै दिनुपर्ने बताउनु भयो ।
सञ्चारमाध्यमहरु पनि आफ्नो अनुशँसनमा रहनुपर्ने बताउनु भयो ।