२०८२ श्रावण २१ गते, बुधबार २०:२८

काठमाडौँ-

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्यमान औद्योगिक सम्पत्तिसम्बन्धी कानूनहरू देशको वर्तमान आवश्यकताका लागि पर्याप्त नरहेको बताउनुभएको छ । रोल….

प्रतिनिधि सभाको बुधवारको बैठकमा औद्योगिक सम्पतीसम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री भण्डारीले निजी क्षेत्रलाई समेत समेटेर नविनता र स्टार्टअप प्रवद्र्धन नयाँ कानून आवश्यक रहेको बताउनुभएको हो । उहाँले हाल प्रचलनमा रहेको कानूनले आफ्नै सम्पत्तिको सुरक्षा गर्न गाह्रो भएको बताउनु भयो । उहाँले औद्योगिक उत्पादन र व्यापारिकरणका लागि निजी क्षेत्रलाई साथ लिएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै अहिलेका कानूनी संरचनाहरूले त्यो सम्भव नबनाएको तर्क गर्नुभयो ।

विधेयकमाथिको छलफलमा बोल्दै सांसदहरुले औद्योगिक सम्पतीको सुरक्षाका लागि उक्त विधेयकले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस