२०८२ श्रावण २१ गते, बुधबार २०:३१

काठमाडाैँ-

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले लोकतान्त्रिक व्यवस्था बाहिर गएर कुनैपनि कानून नबन्ने बताउनुभएको छ ।

बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । सञ्चारमाध्यमहरु अब जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने कानून बनाउन लाग्नुभएको हो भन्ने सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले कुनैपनि कानून लोकतान्त्रिक व्यवस्था भन्दा बाहिर त्यो सिद्धान्त भन्दा बाहिर गएर नआउने बताउनु भयो । त्यस्तो प्रावधान राखिएको भए सच्याउन सकिने बताउनु भयो । यसबारेमा एक पटक सञ्चारमन्त्रीसँग कुरा गर्न सुझाव दिनुभयो ।

 मन्त्रीपरिषद्बाट पारित भएर संसदमा पुगेपछि मात्रै कानून मन्त्रालय जवाफदेही बन्ने बताउनु भयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस