काठमाडौं-

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै १६ वर्षमै सन्तान जन्माए पुरस्कार दिनसक्ने टिप्पणी गर्नुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले ३० वर्षसम्म तीन सन्तान जन्माउन आग्रह गर्नुभएको भन्दै अझ १६ वर्षमै सन्तान जन्माए झनै खुशी हुने र पुरस्कार दिनसक्ने कटाक्ष गर्नुभयो । केही समय अघि एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले ३० वर्षसम्म तीन सन्तान जन्माउन आग्रह गर्नुभएको थियो । सोही अभिव्यक्तिप्रति लक्षित गर्दै अध्यक्ष नेपालले यस्तो टिप्प्णी गर्नुभएको हो ।
अध्यक्ष नेपालले संसारमा असम्भव भन्नेकुरा केही पनि नरहेको बताउनु भयो ।