२०८२ श्रावण २३ गते, शुक्रबार १८:४७

काठमान्डौं-

कपिल शर्माको नयाँ क्यानाडाको सरेस्थित “कप्स कफी” पसलमा एक महिनाभित्र दोस्रो पटक गोलीबारी भएको छ। यस घटनाले स्थानीय बासिन्दा र कपिलका प्रशंसकहरूमा ठूलो चिन्ता पैदा गरेको छ।

वैंकुवर सिटी न्युजका अनुसार, बिहीबार बिहान ८५ एभिन्यू र स्कट रोडस्थित कफी पसलमा धेरै गोली चलाइयो। घटना स्थलमा करिब ४ः४० बजे प्रहरी पुगेका थिए र तत्काल अनुसन्धान सुरु गरेका छन्। गोलीबारीको समयमा पसलभित्र कर्मचारीहरू पनि थिए, तर कुनै घाइते भएको खबर प्राप्त भएको छैन। प्रहरीले अझैसम्म गोलीबारीको कारण पत्ता लगाउन सकेको छैन।

यो कपिल शर्माको कफी पसलमा जुलाई महिनामा भएको पहिलो गोलीबारीको अर्को घटना हो। पहिलो पटक १० जुलाईमा गोलीबारी भएको थियो, जब पसलमा केही कर्मचारीहरू कार्यरत थिए। त्यो पटक कम्तीमा ९ गोलीहरु चलाइएको थियो।

यो घटनाको जिम्मेवारी लरेन्स बिश्नोई गिरोहसँग जोडिएको बताउने गोल्डी ढिल्लनले सामाजिक सञ्जाल फेसबुकमा धम्कीपूर्ण पोष्ट गर्दै अर्को निशाना मुंबई हुने बताएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्,
“जय श्री राम, सत श्री अकाल, कपिल शर्माको कप्स कफीमा भएको फायरिंगको जिम्मेवारी गोल्डी ढिल्लन र लरेन्स बिश्नोई गिरोहले लिन्छ। यो कार्रवाई तिनलाई कल गर्दा रिङ नआएको कारण गरिएको हो। अझै रिङ नआए अर्को कार्रवाई छिट्टै मुम्बईमा हुनेछ।”

यस प्रकारका घटनाहरूले मनोरञ्जन क्षेत्रमा समेत सुरक्षा चुनौतीहरू बढ्दै गएको देखिन्छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस