२०८२ श्रावण २३ गते, शुक्रबार १८:४७

काठमाडौं-

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक परिवर्तनको लागि सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्तअनुरुप उपलब्धिहरु नयाँ संविधानमार्फत प्राप्त भएको बताउनु भयो । उहाँले संविधानको प्रश्तावनामा नै अनेक प्रकारका विभेद, उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि, सामाजिक न्याय राखेर अहिले त्यसको कार्यान्वयन भइरहेको बताउनु भयो । आदिवासी जनजातिको आत्मसम्मानका लागि नेपाली काँग्रेस संवेदनशिल रहेको पनि बताउनु भयो ।

सभापति देउवाले आदिवासी, जनजातिको परम्परा र भेषभुषालाई संरक्षण र संवद्र्धन गर्दै आइरहेको बताउनु भयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस