२०८२ श्रावण २३ गते, शुक्रबार १८:५०

काठमान्डौं-

जलश्रोत विधेयक, २०८१ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ ।

शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त जलश्रोत विधेयक, २०८१ लाई सर्वसम्मतिले पारित गरेको हो । बैठकमा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विधेयकलाई पारित गर्नका लागि प्रश्ताव गर्नुभयो । प्रश्तावलाई सभाका सम्पूर्ण सदस्यहरुले सहमति जनाउनुभएको राष्ट्रिय सभा अध्यक्षले घोषणा गर्नुभयो ।

प्रश्ताव पारित हुनुअघि सभामा विधेयकबाट छलफल भएको थियो । छलफलको जवाफ दिँदै मन्त्री खड्काले अहिले विपद्ले मुलुकलाई पुगिरहेको क्षतिप्रति र यसबाट कसरी लाभ लिन सकिन्छ भन्ने विषयमा परिमार्जित कानूनको आवश्यकता परेकाले विधेयक ल्याएको बताउनु भयो । उहाँले विधेयकले पूर्णता पाएको भन्दै अब सांसदहरुले सहमति जनाउनुभएको बताउनु भयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस